Skip to content Skip to footer

स्टार माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ । 

सभाले आर्थिक वर्ष (आव) २०८०/०८१ को वार्षिक प्रतिवेदनका साथै वासलात, नाफा, नोक्सान, हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

नेपाल बीमा प्राधिकरणको निर्देशानुसार र सम्बन्धित निकायद्वारा जारी भएका निर्देशन बमोजिम तयार गरिएको वार्षिक प्रतिवेदन साधारण सभाबाट पारित भएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले बीमा व्यवसाय तथा मुद्दती निक्षेपको ब्याज लगायतको आम्दानीबाट कुल १७ लाख ६१ हजार ८६ रुपैयाँ खुद नाफा गरेको छ । 

Leave a comment